२०८१ श्रावण १२

हिमाली र उच्च पहाडी क्षेत्रमा ३ दिनसम्म हिमपातको सम्भावना

काठमाडौं, पश्चिमी वायुको आंशिक प्रभावले सामान्यत देशभरकोे मौसम बदली भएको छ ।
आज सुदूरपश्चिम, कर्णाली र बागमत्ी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको हो । उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा हिमपात हुने र सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने जनाएको छ ।
कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने तापक्रम हालको अवस्था भन्दा १.५ देखि २ डिग्रीले घट्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा तापक्रम घटिरहेकोले सतर्कता अपनाउन महाशाखाले सचते गराएको छ ।