२०८१ श्रावण १२

मैसमा सामान्य परिर्वतन, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मौसम बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका माकेही स्थान हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू–भागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेत समेत गराएको छ ।