शुक्रबारदेखि आन्दोलन झन् चर्काउने ः दुर्गा प्रसाई
काठमाडौं, काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका थिए ।

प्रर्दशनकारीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण चक्रपथमा यातायात ठप्प थिए । प्रदर्शनकारीहरु बल्खुबाट माइतीघरतर्फ जाने भन्दै कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।

प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेर बल्खुमा प्रदर्शनस्थल तोकेको थियो । जनप्रशासन क्याम्पस बाहिरको सडकमा प्रदर्शनको लागि तोकेपनि प्रदर्शनकारीहरुले चक्रपथमा कार्यक्रम गरेका थिए ।

चक्रपथमा बिहीबार विहान युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थकबीच केहीबेर सामान्य झडप समेत भएको थियो । प्रसाईको कार्यक्रममा सहभागी हुन राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही बल्खु पुगेका थिए ।

आन्दोलनको समापन गर्दै बल्खुमा आयोजित कोणसभामा दुर्गा प्रसाईँले शुक्रबारदेखि आन्दोलन झन् चर्काउने चेतावनी दिएका छन् । प्रसाईँले भोलिको आन्दोलन तीनकुनेबाट सुरु हुने र सिंहदरबार घेर्ने चेतावनीसमेत दिए । उनले यो व्यवस्था परिवर्तन गरिछाड्ने चेतावनी पनि दिएका छन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्