२०८१ श्रावण १२

आज हरि बोधिनी एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै

आज हरिबोधिनी एकादशी मनाइँदैछ । यसलाई ठूलो एकादशी पनि भनिन्छ । आज तुलसीको विशेष पूजा गरिन्छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । हरिबोधनी एकादशीको अवसरमा पशुपतिमा आज पूजाआजा गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ।
कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।