२०८१ श्रावण १२

नेपाली कांग्रेसले भूकम्प पीढितलाई अस्थायी घरटहरा बनाइदिने

काठमाडौँ, नेपाली कांग्रेसले जाजरकोट भूकम्पपीडितका लागि एक हजार घरटहरा निर्माण गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले श्रमदानमै अस्थायी घरटहरा निर्माण गर्ने निर्णय भएको बताए । महामन्त्री गगनकुमार थापाको सभापतित्वमा मंलबार बसेको पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ सघ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका अस्थायी घरटहरा निर्माण अघि बढाउने निर्णय गरेको हो ।
नेता विश्वकर्माले १०–१० जना सम्मिलित २५ वटा समूह बनाउने, १३ टोलीलाई तत्कालै जाजरकोट र रुकुमपूर्व पठाउने, प्रत्येक समूहमा कम्तीमा एक जना निर्माण सम्बन्धी विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयं सेवक रहने बताए ।
भूकम्प प्रभावित क्षेत्रका सुत्केरी महिला, वृद्धवृद्धा, दीर्घ रोगी, अपाङ्गता भएका, गम्भीर घाइते र आर्थिक, सामाजिक दृष्टिले पिछडिएको परिवारको अस्थायी घरटहरा निर्माण पहिलो प्राथमिकतामा रहेको पनि बताए् । श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यस म्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक सघका चिकित्सक परिचालन गर्ने र प्रभावित क्षेत्रमा पठनपाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक सघले सामूहिक रूपमा कार्य गर्ने नेता विश्वकर्माले बताए ।
नेपाल विद्यार्थी सघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने जानकारीदिए । उनले नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जीविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुनस्र्थापनासम्बन्धी अध्ययन गरी आवश्यक साधनस्रोत उपलब्ध गराउने तयारीमा रहेको पनि बताए ।