२०८१ श्रावण १२

बालुवाटारमा शिर्षनेताको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति प्रक्रिया लगायत विषयमा गहन छलफल भएको छ ।
शान्ति प्रक्रिया सुरू भएको आज १७ वर्ष पूरा भएको र शान्ति प्रक्रिया लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्न तीन नेताको भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।