२०८१ श्रावण १२

काठमाण्डौमा ३० दिने निषेधआज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले २०८०/०८/०४ गते सोमबारबाट विभिन्न क्षेत्रमा ३० दिने निषेधआज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले एकभन्दा बढी समूहले एकै मिति र स्थानमा धर्ना, अनसन, घेराउ वा विरोधका कार्यक्रम र भेला गर्दा आपसी झडप, विवाद, सार्वजनीक समपत्तीको नोक्सानी र सर्वसाधरणलाई प्रत्यक्ष असर पर्ने भन्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
उक्त क्षेत्रलाई मंसिर ४ गतेदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्धारा जारी सूचनामा बताएको छ ।
प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
सूचनामा पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकिएको काठमाडौँ प्रशासनले सूचनामा उल्लेख गरेको छ ।
आगामी मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईंले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।