२०८१ श्रावण १२

सांसदको जिल्ला दौडाह

काठमाडौं, पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा सांसद टेकबहादुर गुरुङ र गण्डकी प्रदेश सांसद एवं पूर्व खेलकुदमन्त्री राजीव गुरुङले मनाङ जिल्लाको भ्रमण गरेका छन् ।
गृहजिल्ला भ्रमणका क्रममा जिल्लामा भइरहेको विकास निमार्णका कार्यहरुको स्थलगत अनुगमनका साथै मनाङ जिल्लामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सेवा सुविधा सम्बन्धमा हाल भईरहको कार्यका साथै आगामी दिनहरुमा गर्नपर्ने कार्य सम्बन्धमा पनि स्थानीय संग छलफल गरेका छन । त्यसैगरी अन्नपूर्ण पदमार्ग भएर मनाङ आइपुगेका पर्यटकहरुसंग सेवा–सुविदाका साथै प्राकृतिक सौन्र्दयताका बारेमा पनि छलफल गरेका छन् ।
जिल्ला दौडाहकै क्रममा अन्नपुर्ण पर्यटकीय बैकल्पीक पदमार्ग निमार्ण गर्ने बारे त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा पनि मनाङका स्थानीय व्यवसायी र भद्र–भलाद्मी संग छलफल गरेका थिए । वैकल्पीक पदमार्ग निमार्ण र सञ्चालनलाई चाँडोभन्दा चाँडो कार्यन्वयनमा लैजान पर्नेमा पनि जोड दिएका थिए ।
भ्रमणका क्रममा ङिस्याङ गाउँंपालिका वडा नं –५, भ्राकादेखि मिलारेपा गुफासम्म जाने निमार्णाधिन मोटर बाटाको भ्राका समाजका पदाधिकारी सहित स्थलगत अवलोकन गरेका छन । स्थानीय जनप्रतिनिधि, अगुवाहरुसगंको स्थलगत अवलोकनका क्रममा निमार्ण हुन बाँंकी सडक र अन्य भौतीक सरचनाका साथै बजेटका बारेमा पनि छलफल गरेका थिए ।
गृहजिल्ला बसाईका क्रममा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा सांसद टेकबहादुर गुरुङ र गण्डकी प्रदेश सांसद इवं पूर्व खेलकुद मन्त्री राजीव गुरुङले मुङजीबाट–ङावलसम्म जाने मोटर बाटोको साथै त्यहाँ रहेको पोर्तोचे गुम्बाको अवस्था र लामा गुरुहरु बस्ने भवन र गुम्बासम्म जाने मोटर बाटोको अवलोकन र आगामी दिनहरुमा गर्नुपर्ने कार्य सम्बनधमा पनि वडाअध्यक्ष कृष्ण लामा लगायत स्थानीयसंग गहन छलफल गरेका थिए ।
त्यसैगरी, बेसीशहर–चामे मोटर बाटोको पनि निरीक्षण गरी तत्काल मर्मत सम्भार गर्नु पर्ने स्थानहरुको पहिचान गरी सडक डिभिजन कार्यालय बेसीशहरलाई अवगत गराउनुका साथै बेसीशहर–चामे मोटर बाटोको ट्रयाक खुलेको ११ बर्ष बितिसकेकाले चाँडो भन्दा चाँडा कालोपत्रे हुन पर्ने पनि अवगत गराएका थिए ।