२०८१ श्रावण १२

अवैध एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन सरकारको आग्रह

काठमाडौँ, स ञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालका अनेक विकल्प रहेकाले अवैध रूपमा एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन आग्रह गरेको छ । भर्चुअल प्राइभेट नेटवर्क र डोमेन नेम सिस्टम (डिएनएस) प्रयोग गरी टिकटकको प्रयोग गर्नु गैरकानुनी हुने बताउँदै उहाँले साइबर सुरक्षाको जोखिमलाई दृष्टिगत गरी वैकल्पिक सामाजिक सञ्जाल प्रयोग गर्न सुझाव दिएका छन् ।
मन्त्री शर्माले सरकारको निर्णय अनुसार कानुनी रूपमा प्रतिबन्ध गरिएका सामाजिक सञ्जाल चलाउन अवैध बाटो प्रयोग गर्दा हुन सक्ने सुरक्षा जोखिम र क्षतिप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सचेतनाका लागि तत्काल कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । “सूचना प्रविधिलाई सही ठाउँमा प्रयोग गर्नु पर्छ, शिक्षा, स्वास्थ्य, कृषिदेखि कैयौँ ठाउँमा प्रविधिको प्रयोग गर्दा उत्पादन वृद्धि हुन्छ,” मन्त्री शर्माले भन्नुभयो, “सामाजिक विकृति पनि रोकिन्छ, त्यसैले सकारात्मक बनौँ । आफ्नो क्षमता, दक्षतासँगै प्रविधिलाई उत्पादनको क्षेत्रमा लाग्न आग्रह गरेका छन् ।
मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्क मार्फत सरकार प्रविधिको नवीनतम र अधिकतम प्रयोग गर्नेतर्फ केन्द्रित भएको र यस्ता कार्यलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालको प्रयोग समाजमा विकृति र सद्भाव बिगार्ने काममा प्रयोग गर्नुहुँदैन । यस्ता कार्य भएमा नियमन र नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।