२०८१ श्रावण १२

नेपाली महिला टोली तेस्रो स्थानका लागि जापानसँग भिडदै ।

 

महिला टी–२० अन्तराष्ट्रिय सिजमा नेपाली टोली तेस्रो स्थान सुरक्षित गर्न जापानसँग प्रतिस्पर्धा गर्दै छ ।
आइतबार बिहान ७ः१५ मा सुरु भएको खेलमा लगातार दोस्रो पटक जापानलाई हराउने ध्याउनमा नेपाल रहने छ ।
नेपालले लिगचरणमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलको अवसर गुमाएको थियो । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएपनि नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन । अब नेपालले तेस्रो स्थानका लागि जापानसँग खेल्न लागेको हो ।
यसअघि भएको खेलमा नेपालले दिएको १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको जापान ४६ रनमा अल आउट हुँदा नेपालले फराकिलो जित निकालेको थियो। जापानलाई सस्तैमा समेट्ने क्रममा स्पिनर संगिता राईले ५ विकेट लिएकी थिईन् ।
जारी प्रतियोगिताको अन्तिम खेलमा जितसहित प्रतियोगिताको सुखद अन्तको तयारीमा नेपाली महिला टोली रहेको छ ।