२०८१ असार ४

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घट्यो

nepal oil corporation

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ ।

यस्तै, भारतीय आयल कर्पोरेशनबाट पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि तत्कालका लागि मूल्य यथावत राखिएको निगमले जनाएको छ।