२०८१ श्रावण १२

गैरआवासीय नेपाली संघ (एनआरएन)को मुख्यालयमा कुटाकुट

nrna office

काठमाडौँ – बालुवाटारमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन)को मुख्यालयमा कुटाकुट भएको छ ।

हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार कुटाकुट भएको हो ।एमाले निकट मानिने अध्यक्ष केसीलाई बधाई दिन नेता महेश बस्नेत नेतृत्वको युवा संघको टोलीले कार्यक्रम गरिरहेको बेला अर्को शर्मा पक्ष पुगेपछि कुटाकुट भएको हो ।केसी पक्षले गरिरहेको कार्यक्रमको फोटो र भिडियो शर्मातर्फका पत्रकार ओम शर्माले खिचेपछि विवाद सुरु भएको बताइएको छ ।

एनआरएनको कार्यालयमा दलीय कार्यक्रम गरेको भन्दै शर्माले कार्यक्रमप्रति आपत्ति जनाएपछि केसी समर्थकहरुले उनीमाथि आक्रमण गरेका हुन् ।आक्रमणबाट पत्रकार शर्माको ओठमा चोट लागेको छ। एनआरएनको सम्मेलनबाट केसीले धाँधली गरेर चुनाव जितेको शर्मा पक्षको आरोप छ। उनीहरुले परिणाम अस्वीकार गर्ने भन्दा समानान्तर कार्यसमितिसमेत गठन गरेका छन्।

विवादपछि शर्मा पक्षले घटनामाथि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न महानगरीय वृत्त दरबार मार्गमा उजुरी दिएको छ ।