२०८१ श्रावण १२

काठमाडौं उपत्यकाको तापक्रम केही दिनयता स्थिर

kathmandu vally

काठमाडौ, काठमाडौं उपत्यकाको तापक्रम केही दिनयता स्थिर रहेको छ । ११ डिग्री सेल्सियसको वरिपरि काठमाडौंको तापक्रम रहँदै आएको छ ।

गत सोमबार, मंगलबार र बुधबार काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसमा झरे पनि त्यसयता भने ११, ११.५ लगायतको आसपासमा तापक्रम रहने गरेको मौसमविद् रोजन लामिछाने बताउँछन् ।

आज काठमाडौंमा बिहान ५ ः ४५ मा तापक्रम ११.८ डिग्री सेल्सियस छ । यो तापक्रम केही दिनयताको जस्तै हो । यो साता काठमाडौंको तापक्रम र मौसममा धेरै फेरबदल देखिँदैन,” मौसमविद् लामिछानेले भने ।

अनुसार अबको केही दिन तापक्रममा ठूलो परिवर्तन आउने सम्भावना छैन । “अझै केही दिन तापक्रम यस्तै नै रहने हो । तत्काल अचानक तापक्रम घट्ने सम्भावना अहिले देखिएको छैन,” उनी भन्छन्, “विस्तारै थोरै थोरै गरेर तापक्रम घट्ने हो । यो नियमित सामान्य प्रक्रिया नै हो” मौसमविद् लामिछानेले भने ।

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसम्म रहनेछ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहको छ ।