२०८१ श्रावण १२

४ वर्षपछि ’नाडा अटो शो’ हुँदै

nada auto show

१२ भाद्र, काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ तेस्रो हप्ताबाट ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ । १५ औँ संस्करणको ‘नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको हो ।

गाडी, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला सङ्घ संस्थाहरूको प्रदर्शनीमा ठूला तथा साना गरी १ सय २० वटा स्टल र ब्लक रहने नाडाले जनाएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका गाडी, लुब्रिकेन्ट, टायर पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहने छ । प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री पार्टपुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहने छ ।

कोभिड १९ को महामारीलगायत अन्य विभिन्न कारणले नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ आयोजना हुन सकेको थिएन । चार वर्षपछि हुन लागेको प्रदर्शनीमा अवलोकनकर्ताहरूले बिजुलीका गाडी लगायत चार वर्षयताका अहिलेसम्मका नयाँ मोडलका गाडीहरू अवलोकन गर्न पाउनेछन् ।