२०८१ श्रावण १२

विश्वसम्पदा सूचिमा सूचिकृत स्वयम्भू क्षेत्र बचाउ अभियान सञ्चालन हुने

Swayambhu Stupa

काठमाडौं, ७ मंसिर/ काठमाडौंको चक्रपथ विस्तार योजनाले विश्व सम्पदा सूचिमा रहेको स्वयम्भू क्षेत्रका केहि धार्मिक संरचना भत्काउने भएपछि स्वयम्भू क्षेत्रका विभिन्न संघसंस्थाहरुले आपत्ति जनाउदै विश्व सम्पदामा सूचिकृत स्वयम्भू क्षेत्र बचाउ अभियान सञ्चालन गर्ने भएका छन् । अभियन्ताहरुको मनाङ समाज सेवा समितिको गुम्बामा मंसिर ५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार योजनाले विश्व सम्पदा सूचिमा सूचिकृत स्यम्भू क्षेत्रको विश्व सम्पदा सूचिमा सीमांकन भएका क्षेत्रभित्र स्वयम्भूपश्चिमतिरको ८ मिटर र १४ मिटर दुरीको चौडाई कायम गर्न भत्काउने चिन्ह समेत लगाएकोले उक्त विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू क्षेत्र बचाउ अभियान सञ्चालन गर्न लागगिएको अभियानको सचिवालय प्रमूख सुनिल गुरुङले बताए । सचिवालय प्रमूख गुरुङका अनुसार विकासको गति अवरुद्ध नहुने र धार्मिक सम्पदा संरक्षण हुने गरी सडक विस्तार गर्न सम्बन्धित पक्षलाई सचेत गराउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो ।

गत मंसिर ५ गते मनाङ समाज सेवा समितिको गुम्बामा सरोकारवाला धार्मिक तथा सामाजिक संघ संस्था, गुम्बा तगथा गुठीका प्रतिनिधिहरुको सहभागितामा बसेको बैठकमा नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नोर्बु लामाको संयोजकत्वमा उक्त अभियान सञ्चालन गर्ने घोषणा भएको थियो । आगामी मंसिर १२ गते मनाङ समाज सेवा समितिमा अभियान सूचारु गर्ने विषयमा विशेष छलफल गरेर सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरी एक कार्यक्रम सञ्चालन गर्न लागिएले उक्त कार्यक्रममा सहभागिता जनाउन सम्बन्धित सरोकारवाला ब्यक्ति तथा संघ संस्थाहरुलाई आव्हान गरिएको सचिवालय प्रमूख एवं मनाङ समाज सेवा समितिका अध्यक्ष सुनिल गुरुङले जानकारी दिएका छन् ।