२०८१ श्रावण १२

मनाङ समाजले वितरण गर्यो राजधानीका निस्याङ वासीहरुलाई स्वास्थ्य सामग्री

Manang Samaj Providing Health Equipment to Resident of Nisyang

काठमाडौं, १७ बैशाख/ मनाङ समाज सेवा समितिले राजधानीमा बसोबास गर्दै आएका मनाङङिस्याङ क्षेत्रका बासिन्दाहरुलाई ३ लाख रुपैयाँभन्दा बढी रकमको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । समतिले संघीय संसदमा मनाङका सदस्य कर्मा घलेले सहयोग स्वरुप उपलब्ध गराएको उक्त परिमाणको स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

देश लकडाउन भएको बेला कोरोना भाईरसको महामारी फैलिएर जनजीवन त्रसित हुदै गएपछि घर घरमै क्वाराईन्टाइनमा बसेका स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन आफूले जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्दै आएका सांसद कर्मा घलेसँग सहयोगको आग्रह गरेपछि सांसद घलेले उक्त रकमको परिमाणमा स्वास्थ्य सामाग्री सहयोग गरेको मनाङ समाज सेवा समितिका अध्यक्ष सुनिल गुरुङले बताए ।

मनाङ जिल्लाको निस्याङ क्षेत्रबाट राजधानीमा आई बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरुलाई जुनसुकै समस्यामा सहयोग पु¥याउने उद्देश्यले स्थापित मनाङ समाज सेवा समितिले यसअघि पनि विभिन्न दैवीप्रकोप एवं प्राकृतिक प्रकोपहरुमा सहयोग जुटाउँदै आएको र कोरोना भाईरसको विश्वब्यापी महामारीको अहिलेको अवस्थामा पनि केही दिनअघि समितिका अधिकारीहरुले घर घरमा लगेर ती स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।