वडा कार्यालयको व्यवहारबाट स्थानीय दुःखी

मनाङ, १३ बैशाख / लकडाउन केही खुकुलो भएर गाउँ फर्किएका स्थानीय बासिन्दाहरुलाई मनाङमा वडा कार्यालयबाट भेदभाव भएको गुनासो बाहिर आएको छ । संघीय संसदमा मनाङका सांसद कर्मा घलेको सहयोगमा मनाङ फर्किएका स्थानीयहरुले आफूहरुमा भेदभाव भएको गुनासो गरेका हुन् ।
मनाङ ङिस्याङ गाउँपालिकाको ४, ६, ७ र ८ वडा कार्यालयले आफूहरुलाई राजनीतिक प्रतिशोध साँधेर कोविड १९ कोरोना भाईरसको संक्रमणको खतरा देखाउँदै भेदभाव गरेको स्थानीय कर्मादोर्जे गुरुङ (रेन्वो) ले बताएका छन् । लकडाउनका बेला राजधानीमा कस्टकर जीवनयापन गर्नुभन्दा गाउँमा नै गएर होम क्वारेन्टाईनमा बस्ने उद्देश्यले उनीसहित झण्डै ६० जनाको संख्यामा गाउँ फर्कन पहल गरिदिन सांसद कर्मा घलेलाई आग्रह गरेपछि उद्धार गरिएका स्थानीय बासिन्दाहरु गाउँ फर्किएको पनि उनले जानकारी दिए ।
रेन्बोेले भनेका छन् ‘कोरोना भाईरसको महामारीको कारण सरकारद्वारा जारी लकडाउनका बेला काठमाडौंमा अप्ठेरो अवस्थामा बसीरहेका हामी भण्डै ६० जनालाई संघीय सांसद माननीय कर्मा घलेज्यूले पहल गरेर यता गाउँ पठाउनु भयो । हामी आउनुअघि गाउँपालिकाले औषधी लिन गएको गाडीमा राखेर केही स्थानीयहरुलाई ल्याएको र उनीहरुलाई क्वाराईनटाईनमा बस्न कुनै सूचना जारी नगरेको तर हामी गाउँ प्रवेश गरेको दिन तुरुन्त वडामा बैठक बसेर १४ दिनसम्म अनिवार्य क्वारेन्टाईनमा बस्नु पर्ने भनेर माईकिङ्ग गर्ने र सूचना समेत टाँसेर मनाङङिस्याङ गाउँपालिकाको वडा कार्यालयले हामीमाथी भेदभाव गरेको छ । यसमा हामी गाउँबासीहरुलाई निकै नै दुःख लागेको छ ।’
कोबिड १९ नोबेल कोरोना भाईरसको महामारी विश्वभर फैलिरहेको बेला सम्पूर्ण मानव एकताबद्ध भएर यसको विरुद्ध लड्नु पर्ने समयमा आफ्नै वडा कार्यालयले आफूहरुलाई राजनैतिक भावनाले हेरेकोमा स्थानीय बासिन्दाहरुले समेत दुःख मनाउ गरेको पनि गुरुङले बताएका छन् । यद्यपी नेपाली कांग्रेस पार्टीबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका मनाङका सांसद कर्मा घलेले राजधानीबाट गाउँ फर्कन चाहने मनाङबासीहरुलाई कुनै भेदभाव नगरी गाउँफर्कने बातावरण मिलाएको पनि रेन्बोले जानकारी दिए ।
गाउँपालिकाको अन्य वडाहरुमा स्थानीय सरकारले विभिन्न स्तरका क्वारेन्टाईनको व्यवस्था गरेको र कोरोना बाईरसको बारेमा जनचेतना जागरणका कार्यक्रम सञ्चालन गरेको छ । अन्य वडाको तुलनामा धेरै जनसंख्या भएको र ठूलो व्यापारिक गतिविधि हुने यस वडाले यस्तो कुनै कार्यक्रम सञ्चालन नगरेको साथै केहीगरी कोरोना भाईरससंक्रमण भईहाले कहाँ कसरी सुरक्षित रहने भन्ने त्रास स्थानीय बासिन्दाहरुमा रहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्