२०८१ श्रावण १२

मस्र्याङ्ग्दी नदीमा जीप खसेर चालकको मृत्यु

marsyangdi river jeep crash

धारापानी, १० श्रावण / मनाङ र लम्जुङ बेशिसहर सडकमार्ग अन्र्तगत लम्जुङको च्याम्चे नजिकै बेशिसहर चामेमा चल्दै आएको एक यात्रुबहाक जीप दुर्घटना भएको छ । दुर्घटनामा चालको मृत्यु भएको मनाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका मनाङ प्रहरी नायब उपरिक्षक टिकाबहादुर कार्कीले जानकारी दिए अनुसार लमजुङको मस्र्याङदी गाउँपालिका ४ च्याम्चेमा जीप दुर्घटना भएको हो । ग १ ज ६७८६ नम्बरको बोलेरो जीप च्याम्चेको सडकबाट करिब २ सय मिटर तल खसेको बताईएको छ ।

स्थानीय बासिन्दाहरुले जनाए अनुसार लम्जुङ र मनाङको सिमाना म्यार्दीखोलाबाट जगत तर्फ आउदै गरेको बोलेरो जीप मध्य राती दुर्घटना भएको हो । सडकको छेउपटिको भाग भासिन गई सडकबाट २०० मिटर तल मस्याङदी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।
जीप चालक ब्यास नगरपालिका १० निवासी अन्दाजी ३०÷३५ बर्षका धन बहादुर आचार्याको घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी तालका प्रहरी सहायक निरिक्षक केशब राज पोखरेलले जानकारी दिए । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकीको ४ जनाको टोली घटनास्थल पुगेर सबको पहिचान गरी खबर गरिएको बताईएको छ ।

बिहिबार बिहान मनाङतर्पm जादै गरेको मालबाहाक ट्रक सोहि स्थानमा फसेपछि मात्रदु र्घटनामा परेको बोलेरो जीप एक बृद्घ मानिसले देखे पछि प्रहरी चौकी ताललाई र स्थानीय बासीहरुलाई खबर गरिएको थियो । मृतक चालक बेशिसहर मनाङ बोलेरो जीप चालक माल गुरुको नामबाट परिचित सोही रुटमा नियमित रुपमा सवारी चलाउने चालकहरुले बताएका छन् ।

उक्त बोलेरो जीपमा अन्य यात्रु नभएको र चालक मात्रै भएको समेत घटनास्थलमा पुगेका प्रहरी चौकी तालका प्रहरी सहायक निरिक्षक केशब राज पोखरेलले जानकारी दिए । बिहिबार ३ बजेतिरमात्र सबको पोस्टमार्टमको लागि लम्जुङ पठाईएको स्थानीय प्रहरीले जनाएका छन् ।