२०८१ श्रावण १२

हुम्दे ङावल जोड्ने मोटरेबल पुल मस्र्याङ्दीमा खस्यो

bridge crash

मनाङ, २५ असार/ मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकाको हुम्दे ङावल जोड्ने मस्र्याङ्गदी नदीमा बन्दै गरेको मोटरेबल पुल नदीमा खसेको छ । पुल आज विहान खसेको स्थानीयले बताएका छन् ।

लामोसमयदेखि निर्माणाधिन अवस्थामा रहेको उक्त पुलको नदीमा रहेको पिल्लर ढलेपछि पुल खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । निर्माणका लागि सामान नआईपुगेको भन्दै निर्माणका ठेक्का पाएका पक्षले पुल अधुरै छोडेका कारण पुल अलपत्र अवस्थामा थियो ।

हुम्दे ङावल जोड्ने उक्त पुल यसरी खसेपछि स्थानीय बासिन्दाहरु निकै निराश देखिएका छन् । मनाङमा विकास निर्माण कार्यले एउटा गति लिदै गर्दा बन्दै गरेको पुल विभिन्न बहाना सम्पन्न हुनुको सट्टा यसरी ध्वस्त हुँदा पनि स्थानीय सरकारका रुपमा सेवा दिदै आएको गाउँपालिकाले चासो नदेखाएकोप्रति स्थानीय सरोकारवालालेहरुले पुल खसेपछि आपत्ति जनाएका छन् ।