२०८१ श्रावण १२

वर्षाले स्नो मञ्जुश्री स्कूलमा पुर्यायो लाखौंको क्षती

Rain Caused Damage to Manjushree School

काठमाडौं, ४ साउन / हिमाली दुर्गम जिल्लाका वेसहारा बालबालिकाहरुलाई आश्रय दिदै उनीहरुको पठपाठनमा समेत विशेष सहयोग पुर्याउँदै आएको नागार्जुन नगरपालिका वडा ५ छकडोलमा सञ्चालनरत स्नो मञ्जुश्री स्कूल परिसरमा पहिरो गएको छ । दुई दिनसम्म लगातार आएको वर्षाले स्कूल परिसरका भौतिक संरचना भत्किदा विद्यालय नराम्ररी प्रभावित भएको छ ।

विद्यालयमा हाल १ सय ८ जना वेसहारा विद्यार्थीहरुले आवासीय सुविधा सहित अध्ययनको अवसर प्राप्त गर्दै आएका छन् । उक्त विद्यालय परिसरमा पहिरो जाँदा विद्यार्थीहरु आतिएर रुवावासी गर्दै भाग दौड गरेको विद्यालय सञ्चालक सोनम घ्याल्चे घलेले बताए । विद्यालयको भवनमा खाशै क्षति नपुगेपनि जोखिमपूर्ण अवस्थामा रहेको घलेले जानकारी दिएका छन् ।

भत्किएको विद्यालय परिसरका भौतिक संरचना जति सक्दो छिटो निर्माण गर्न नसके पुरै विद्यालय क्षेत्र नै पहिरोले लडाउन सक्ने खतरा रहेकोले विद्यालयका बालबालिकाहरुको सुरक्षाका लागि सञ्चालक घलेले दातृ संस्थाहरुका साथै सरकारी निकायसँग सहयोगको याचना गरेका छन् । भौगोलिक अवस्था अनुसार भिरालो जमिनमा माटो तथा डुङ्गा भरेर निर्माण गरिएको विद्यालयको भौतिक संरचना चिन्ताजक अवस्थामा रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।