२०८१ श्रावण १२

माथिलो मनाङमा शुरु भयो परम्परागत पर्व यार्तुङ

Yartung Festival

मनाङ, २३ असार / माथिल्लो मनाङमा पुस्तौंदेखि चली आएको सांस्कृतिक पर्व यार्तुङ (घोडचढी) शनिवारदेखि शुरु भएको छ । माथिल्लो मनाङको मनाङमा शुरु भएको यो यार्तुङ हरेक वर्ष मनाईदै आएको छ ।

यस वर्षको यार्तुङ मनाङमा एक सातासम्म सञ्चालन हुने स्थानीय हिम प्रकृति अध्ययनकर्ता स्नोमन्की मुखियाले जनाएका छन् । मनाङमा मोटरबाटो निर्माण भई सवारी आवागमनमा बृद्धि हुदै गएपछि निस्कृय जस्तै हुदै गएको यार्तुङ पर्वको निरन्तरता दिन स्थानीय बासिन्दाहरुले यस वर्षदेखि १ सातासम्म मनाउने भएका छन् । यो पर्व एक गाउँमा २ दिनसम्म र विगत केहि वर्षअघि ५ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो ।

माथिल्लो मनाङमा असारको तेश्रो साताबाट मनाईने यो पर्व एक साता मनाङमा मनाईसकेपछि अरु गाउँहरु खाङ्सार, टंकी, टंकी मनाङ, ङावल, घ्यारु र पिसाङ गाउँहरुमा पालैपालो मनाईने अध्ययनकर्ता मुखियाले जानकारी दिए । यो पर्वको निरन्तरताका लागि मनाङ–ङिस्याङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले प्रबद्र्धन गरिरहेको उनले बताए ।

Yartung Festival - Horse Ride in Manang

Yartung Festival - Horse Ride - 2