२०८१ श्रावण १२

तास जुवा खेल्ने खेलाउने प्रवृत्ति निरुत्साहित हुदै गएको वडा अध्यक्षको दावी

Chhiring Gyalpo Punel

धारापानी, १५ असार/ मनाङ जिल्लाको नासों गाउँपालिका वार्ड नम्बर ५ थोँचे क्षेत्रमा तास जुवा खेल्न खेलाउन निषेधको सूचना जारी गरेको एक साताको अवधिमा तासजुवा खेल्ने खेलाउने प्रबृति निरुत्साहित हुदै गएको छ ।

५ नम्बर वडा अध्यक्ष छिरिङ ग्लाल्पो पुनेलले बताए अनुसार यस क्षेत्रमा गत साता स्थानीय आमासमूहका पदाधिकारीहरुसहित वडाका जनप्रतिनिधिहरुको विशेष बैठकको निर्णय अनुसार यस्तो सूचना प्रकाशित गरी तास जुवा खेल्न तथा खेलाउन निषेध गरिएको थियो ।

२०७६ साल असार ६ गतेदेखि पूर्ण रुपमा लागू हुने गरी ५ नम्बर वडाक्षेत्रभित्र जुवा–तास बन्द सूचना सार्वजनिक गरिएको थियो । उक्त निर्णयको अटेर गरेको पाईएमा कडा कानूनी कारवाही अघि बढाईने व्यहोरा जानकारी गराइएको अध्यक्ष पुनेलले बताएका छन् ।