२०८१ श्रावण १२

एक्यापद्वारा मनाङका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ACAP Providing Scholership to Student of Manang

मनाङ, ३० जेठ/ राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय, मनाङले मापदण्ड पुगेको विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आयोजनाको वातवरण शिक्षा अनुसन्धान ज्ञान तथा सीप व्यवस्थापन कार्यक्रम अन्तर्गत हरेक वर्ष भैंm यस आर्थिक वर्ष २०७५/०७६ मा पनि मनाङ जिल्लाका विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।

इलाका संरक्षण कार्यालयले विद्यालय तहमा २३ जना र प्रविणता तहमा २ जनालाई छात्रवृत्ति कार्यान्वयन कार्यविधि–२०७४ अनुसार सबै मापदण्ड पूरा गरी छात्रवृत्ति प्रदान गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यालयका प्रमूख बाबुलाल तिरुवाले बताएका छन् । कार्यालय प्रमूख तिरुवाका अनुसार मनाङस्थित इलाका संरक्षण कार्यालय अन्तर्गत संरक्षण शिक्षा अध्यापन गराउने विद्यालयमा प्रकृतिको सन्देश भाग–१,२ र ३ अध्ययन गर्ने विद्यार्थिहरुलाई विद्यालयस्तरको छात्रवृत्ति प्रदान गरिएको हो ।

मनाङमा श्री भानू माध्यमिक विद्यालय ताल, श्री प्रकाश ज्योति माध्यमिक विद्यालय थोंचे, श्री गौरी शंकर अधारभूत विद्यालय तिमाङ, श्री लोकप्रिय माध्यमिक विद्यालय चामे र श्री अन्नपूर्ण माध्यमिक विद्यालय मनाङ गरी हाल जम्मा ६ वटा विद्यालयहरुमा स्थानीय पाठ्यक्रमको रुपमा संरक्षण शिक्षा अध्यापन हुदै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मनाङले विहिवार कार्यालय प्रमूखश्री बाबुलाल तिरुवाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी उक्त छात्रबृत्ति प्रदान गरेको हो । उक्त कार्यक्रममा संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङको प्रमूख आतिथ्ता र संरक्षण क्षेत्र व्यवस्थापन समिति टंकी मनाङकी सचिव कर्मा ओङगेल घलेको आतिथ्यता रहेको थियो ।

प्रशान्त गूरुङ लगायत कार्यालयका अन्य कर्मचारीहरुको उपस्थितिमा छात्रबृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा लोकप्रिय माध्यामिक विद्यालय, चामे तथा श्री प्रकाश ज्योतिम मा. वि. थोंचेमा प्रविणता प्रमाणपत्रतहमा अध्ययनरत छात्रा श्री रोसनी गुरुङ र सूनिता गुरुङलाई क्रमशः जनही रु. ३० हजार का दरले छात्रवृति प्रदान गरिएको थियो ।

ACAP Providing Scholership to Student of Manang