२०८१ श्रावण १२

मनाङमा पनि मनाईयो ४६ औं विश्व वातावरण दिवस

World Environmental Day in Manang

मनाङ, २२ जेठ । / हरेक वर्ष नेपालमा पनि मनाईदै आएको विश्व वातावरण दिवस हिमाली जिल्ला मनाङमा पनि विशेष कार्यक्रम गरेर मनाईएको छ । यस वर्ष ४६ औं विश्व वातावरण दिवस मनाईएको हो ।

‘स्वच्छ वायु, स्वच्छ जीवन’ नाराको साथ यस वर्ष ईलाका संरक्षण कार्यालय मनाङले मनाङ ङिस्याङ गाउँपालिकाको स्थानीय अन्नपूर्ण माध्यमिक विद्यालयमा बृक्षा रोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

एउटा समारोहको आयोजना गरेर सञ्चालन गरिएको उक्त वृक्षारोपण कार्यक्रममा एक्याप मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाको सभापतित्व रहेको थियो भने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले प्रमुख अतिथि रहेका थिए । त्यसैगरी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छिरिङ ओङमा गुरूङ घले विशेष अतिथिको रूपमा उपस्थिति रहेकी थिइन् ।

World Environmental Day in Manang

उक्त कार्यक्रममा सरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका अध्यक्ष बिनोद गुरूङ, सरक्षण क्षेत्र ब्यवस्थापन समिति टंकी मनाङका अध्यक्ष सगर गुरूङ, वडा नं ६ का अध्यक्ष सोनाम गुरूङ, भुपु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्म गुरूङ, शिक्षक शिक्षिका, बिद्यार्थीहरू, एक्यापका कर्मचारीहरूद्वारा बृक्षारोपण गरिएको थियो ।
सो अवसरमा ‘स्वच्छ वायु, स्वच्छ जीवन’ सम्बन्धी बक्तृत्व कला प्रतियोगिता र चित्रकला प्रतियोगिताको पनि आयोजना गरी विजयी सहभागीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा सहभागी संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिएका छन् ।