२०८१ श्रावण १२

नासोंको तिल्चेमा विद्युत आयोजनासम्बन्धी पहिलो सार्वजनिक सुनुवाई सम्पन्न

धारापानी, ५ बैशाख / मनाङ जिल्लाको नासों गाउँपालिका वडा नम्बर ६ र ७ तिल्चेमा बन्न लागेको ६५ मेगावाट क्षमताको दुधखोला जल बिधुत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मुल्यांकन गर्ने विषयमा प्राराम्भिक सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको सभापतित्वमा आयोेजित उक्त कार्यक्रममा मनाङका प्रमूख जिल्ला अधिकारी रुद्रनाथ देवकोटा र जिल्ला प्रहरी कार्यालय मनाङका प्रमूख, जिल्ला समन्वय समितिका अध्यक्ष यज्ञप्रसाद घलेलगायत स्थानीय गन्यमान्य र विज्ञहरुका साथै प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सीता हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको ६५ मेगवाट क्षमताको दुधखोला जल विद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको विषयमा आयोजित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय झण्डै डेडसय जना सर्वसाधारणको सहभागिता रहेका स्थानीय शिक्षक गुणराज गुरुङले जानकारी दिएका छन् ।

]
कार्यक्रममा प्रस्तावित आयोजना क्षेत्रमा रहेका बासिन्दाहरुको हितका लागि के कस्ता अवधारणा अपनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो । सो अवसर स्थानीय बासिन्दाहरुले विभिन्न प्रकारका माग राखेका थिए । आयोजना सञ्चालकको तर्पmबाट विद्युत आयोजना सञ्चालन गर्दा त्यसमा राज्यले दिएको निर्देशन र विधि अनुसार आपूmहरु उक्त आयोजना सञ्चालन गर्न तयार रहेको बताएका थिए । कार्यक्रम बैशाख ४ गते शनिवार सम्पन्न गरिएको थियो ।