२०८१ श्रावण १२

असहायहरुलाई हप्ताको एक पटक खाना खुवाउने कार्य सम्पन्न

Feeding by Shanje Gurung

काठमाडौं, २९ बैशाख । बालाजु संरक्षण समितिका अध्यक्ष मनाङका युवा समाजसेवी शान्जे गुरुङद्वारा सञ्चालित असहाय समुदायलाई हप्ताको एक पटक निःशुल्क खाना खुवाउने ५६ औं हप्ताको कार्यक्रम सम्पन्न भएको छ । हरेक शनिवार झैं यो शनिवार समितिले ५६ औं हप्ता पार गरेको हो ।

‘असहायहरुका लागि अन्नदान गरौं र पुण्य कमाऔं’ भन्ने नाराका साथ हरेक शनिवार झैं यो शनिवार नयाँबजारस्थित विष्णुमती नदी किनारमा रहेको पुलसँगैको शिवमन्दिरमा त्यस आसपासका असहायहरुलाई सामूहिक रुपमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेपछि यो कार्यक्रममार्फत अध्यक्ष गुरुङले सहयोगी दाताहरुलाई धन्याद दिए ।

अध्यक्ष गुरुङले अन्य दाताहरुलाई सहयोगका लागि आग्रह गरेका छन् । हप्ताको एक पटक भए पनि असहाय समुदायलाई सामूहिक रुपमा पेटभरी खाना खुवाउने पुन्य कार्यमा सहयोग गर्न सहयोगीहातहरु थपिदै गएकोमा सन्तोष ब्यक्त गर्दै उनले यो अभियानलाई देशकै नमूना कार्यक्रम बनाउने लक्ष्य रहेको प्रष्ट पारे ।

Shanje Gurung - Donating

उक्त अवसरमा काठमाडौं महानगरपालिका वडा नं. सोरहखुट्टेस्थित गणेशथान निवासी समाजसेवी बिकाश थापा मगरले आफ्नो जन्मदिनको उपलक्ष्यमा अन्नदान गरेका थिए । सोही सामूहिक भोज कार्यक्रममा संस्थाको तफबाट समाजसेवी विकास थापा मगरको जन्मदिनको शुभकामना ब्यक्त गरिएको थियो ।