२०८१ श्रावण १२

फोर्ब्सको सूचीमा अर्वपति चौधरीको फड्को, एकै वर्षमा बढ्यो २२ अर्ब सम्पत्ति

Binod Chaudhary Nepal Billionaire

२२ फागुन, काठमाडौं । विश्वका अर्वपतिमध्ये नेपालका एकमात्र विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा छन् । चौधरी यसवर्ष मात्रै गत वर्षभन्दा २१२ स्थान माथि उक्लिए । गत वर्ष उनी फोर्ब्सको अर्वपतिको सूचीमा १५६१औं स्थानमा थिए ।

फोब्र्सले यसवर्ष २ हजार १५३ डलर अर्बपति पहिचान गरेको छ । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका छन् । बुधबारको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ ।

चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । गत वषै उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो ।

चैधरी चौधरी ग्रुप (सीजी)को प्रमुख हुन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ ।

चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।

उनका छोराहरुमध्ये निर्वाणले नेपालमा बसेर चौधरीलाई सघाउँछन् भने वरुण र राहुलले नेपालबाहिर बसेर बिजनेस हेर्छन् । उनी हाल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद पनि हुन् ।