मनाङमा नियमित सार्वजनिक बस सेवा सुरु, आर्थिक भारसमेत कम हुने ।

चामे, हिमाल पारीको नामले परिचित मनाङमा आइतबारबाट नियमित सार्वजनिक बस सेवासुरु भएको छ ।
आइतबार प्रतिनिधि सभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरिएको हो ।
सांसद गुरुङले नेपाली सेनाले द्वन्द्वकालमा सुरुआत गरेको ट्रयाक खोल्ने कार्य द्वन्द्वकालमा नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको मनाङको एक मात्र सडकमा बस सेवा सञ्चालन गर्ने लक्ष्य पुरा भएको बताउनुभयो ।
यो सडक खन्दाका शुरुवाती अग्रजहरु तात्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, स्थानीय विकास मन्त्री रामचन्द्र पौडेल,मनाङका निर्विरोध निर्वाचित पूर्वमन्त्री पाल्देन गुरुङ, सामाजिक अगुवा कोमल बहादुर घले,साङदो लामा, मनाङ विकास समितीका अध्यक्ष खाम्सुङ गुरुङ र सचिव कपिल लामा र जनश्रमदानबाट बाटो खन्ने जिमम्वारी निर्वाह गर्नुहुने लमजुङ खुदी निवासी शेरबहादुर भण्डारी विशेया धन्यबाद दिएनुभयो ।
त्यसैगरी, बाटोको ट्रायक खोल्नेक्रममा जिवन गुमाएका नेपाली सेनाका ३ जना र ९ जना सर्वसाधरणप्रति श्रद्धाञ्जली समेत अपर्ण गर्नुभयो ।
प्रजिअ आचार्यका अनुसार बेसीशहर पोखरा रुट चल्ने कान्छा सफारीको ना ६ ख ९५७९ र ना७ ख ७२६७ नम्बर बस नियमित रुपमा यात्रुसहित आवतजावत गर्नेछन् ।
सोही अनुरुप यसका लागि स्थानीय प्रशासनले डुम्रे–बेसीशहर–चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपछि बस सञ्चालनमा ल्याइएको छ ।
सफल रुपमा बस सेवा नियमित सञ्चालन भएपछि मनाङका स्थानीयमा खुशी छाएको छ ।
बेशीसहर–चामेसम्मको भाडादर ७ सय ४० रुपैयाँ कायम गरिएको छ ।
बस सञ्चालनमा आएपछि स्थानीयबासीलाई सहज हुनेछ । चर्को भाडाको मारमा परेका स्थानीयका साथै पर्यटकलाई आर्थिक भारसमेत कम हुने भएको छ ।।
प्रतिक्रिया दिनुहोस्