नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ।
काठमाण्डौँ, नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दै छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा र भावी रणनीति तयार गर्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
सभापति गगनकुमार थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाउनुभएको छ । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।
विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित सभापति थापाको राजीनामापछि बैठकको सभापतित्व उपसभापति शर्माले गर्नुहुने छ । उपसभापति पुष्पा भुसालले आजको केन्द्रीय समिति बैठकमा निर्वाचनको गहन समीक्षा हुने बताए छ । “एउटा लोकतान्त्रिक पार्टीले जीवनमा निर्वाचनको हारजितलाई स्वाभाविक रूपमा लिनु पर्छ । स्वीकार गरेर आगामी कार्यदिशा तय गर्नु पर्छ” उनले भने ।
सभापति थापाले राजीनामा बुझाएपछि नेपाली काँग्रेसमा नयाँ बहस सुरु भएको छ तर केन्द्रीय कार्यसमितिको निर्णयपछि सभापति थापा पुनः जिम्मेवारीमा फर्किने सम्भावना कायमै छ । बैठकमा उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने पनि जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्