२०८२ फाल्गुन २८

नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङको निर्वाचन खर्च १५ लाख ४९ हजार ।

चामे, मनाङ–१ बाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन अधिकृतको कार्यालय, चामेमा पेस गरेका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय, मनाङमा पेश गरेको विवरण अनुसार उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम गरेको सम्पूर्ण खर्च सार्वजनिक गरेका हुन् ।
पेस गरिएको विवरण अनुसार मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको छ । प्रचार–प्रसार सामग्रीछपाई तथा खरिदमा ७५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण (६० जनाका लागि) ६० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ ।


त्यस्तै, नमूना मतपत्र तथा घोषणा पत्र छपाइमा २४ हजार रुपैयाँ, वडामा गरिएको वडा स्तरीय प्रचार–प्रसार(१५ दिनमा) ७ लाख ६० हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
सवारी साधन तथा चालक व्यवस्थापनमा (१५–१५ )दिनका लागि ४ लाख ५० हजार रुपैयाँ, सम्पर्क कार्यालय र स्टेसनरी (२ महिना) २५ हजार र घोडा सवारी प्रयोग (नार र पूm) ९० हजार रुपैयाँ, इन्धन खर्च ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसरी उम्मेदवार गुरुङले निर्वाचन अवधिभर गरेको कुल खर्च १५ लाख ४९ हजार रुपैयाँ रहेको विवरणमा जनाइएको छ।