प्रतिनिधिसभा अध्यक्षमा सांसद टेकबहादुर गुरुङको नाम चर्चामा ।
काठमाण्डौँ, फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मनाङ–१ बाट २४१५ मत सहित विजयी नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङको नाम प्रतिनिधिसभा अध्यक्षका लागि चर्चामा रहेको छ ।
प्रतिनिधिसभा गठनका लागि निर्वाचित सदस्य मध्ये जेष्ठ सदस्यले राष्ट्रपतिबाट सपथ ग्रहण गरेपछि अन्य सदस्यहरुलाई सपथ गराउने छन् । त्यपछि सभामुख र उपसभामुख चयन प्रक्रिया अधि बडाउने संसदीय अभ्यास रहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा उम्मेद्वार दर्ताका लागि पेश गरेको कागजातको आधारमा हालसम्म प्राप्त प्रत्यक्ष तर्फको विजयी उम्मेद्वारमध्ये मनाङ–१ का लागि नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङको जन्म मिति २०११/०८/११ गते, स्वतन्त्र उम्मेद्वार डा. महाबिर पुनको जन्ममिति २०११/१०/०५ र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको जन्मतिमि २०१२/०८/२६ रहेको छ । नवनिर्वाचित माननीय टेकबहादर गुरुङ स्वतन्त्र उम्मेद्व डा. महाबिर पुनभन्दा २ महिना जेठो छन भने नेकपाका अध्यक्ष पुष्पकमल दाहालभन्दा १ बर्ष कान्छो छन् । त्यसैले सांसद टेकबहादुर गुरुङको नाम प्रतिनिधिसभा अध्यक्ष पदका लागि चर्चामा रहेको हो ।
उता, नेपाली काँग्रेस संसदीय दलको नेतामा पनि सांसद टेकबहादुर गुरुङको नाम चर्चामा रहेको छ । फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको प्राप्त मतपरिणाम अनुसार सांसद टेकबहादुर गुरुङ सबैभन्दा जेठो निर्वाचित सांसाद रहेकाले उनको नाम चर्चामा रहेको हो ।
संवैधानिक प्रावधान र सरकार गठन प्रक्रिया
नेपालको संविधानको धारा ९३(१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ ।
संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यदि कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ ।
आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नयाँ सांसदहरूको शपथ ग्रहण र संसदीय दलको नेता चयनका लागि राजनीतिक दलहरूलाई बाटो खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्