२०८२ फाल्गुन २६

नवनिर्वाचीत सांसद टेकबहादुर गुरुङद्वारा मतदाताहरुमा आभार एवं कृतज्ञता ब्यक्त ।

चामे, प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्र्तगत मनाङ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय टेक बहादुर गुरुङले सम्पूर्ण मनाङवासी मतदाताहरुमा कृतज्ञता एवं आभार ब्यक्त गरेका छन् ।

(जिल्ल निर्वाचन अधिृकतको कार्यालयले आयोजना गरेको प्रमाण पत्र वितरण कार्यक्रम पछि सदरमुकाम चामेमा रहेका सबै सुरक्षा निकाय, निजामती कर्मचारी तथा प्रमुखसंगको सामुहीक तस्वीर)


चुनावी मत प्रणम घोषणा र प्रमुख जिल्ला निर्वाचन अधिकारीबाट प्रमाण पत्र ग्रहण पछि मतदाताहरुप्रति कृतज्ञता एवं आभार ब्यक्त गर्न हरेक वडा र गाउँमा पुगेका माननीय टेक बहादुर गुरुङले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२,को निर्वाचनमा २४१५ मत दिएर पुनः विजयी गराउनु भएको भन्दै मनाङवासी जनतामा कृतज्ञता एवं आभार ब्यक्त गरेका छन् । उनले आप्mनो ब्यस्त समयका बिच टाडा–टाडाबाट, विभिन्न कष्ट झेल्दै गृहजिल्ला मनाङ आई आप्mनो अमूल्य मत सहित विजयी गराउने सम्पूर्ण मतदाताहरुको अपेक्षा र आकांक्षाहरुलाई संघै उच्च प्राथमिकतामा राखेर आगामी दिनमा काम गर्ने बताए ।


“विगतमा जसरी समग्र मनाङ जिल्लाको विकास र सम्बृद्धिका लागि कामहरु गरी रहें यसपटक यहाँहरुले मतदानद्वारा थप जिम्मेवारी थपेको मैले ठानेको छु । आदरर्णीय मतदाताहरुको आशा र आकांक्षालाई उच्च प्राथमिकतामा राखेर कामहरु गर्ने छु । तपाईहरु पनि मलाई रचनात्मक साथ सहयोग दिनुहुने छ भन्ने विश्वास मैले लिएको छु” उनले भने ।


त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा जिल्लकै पहिलो र ठूलो राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमाले बिचको सहकार्य केवल चुनावी प्रयोजनका लागि मात्र नभएर आगामी दिनहरुमा आउने चुनाव, समग्र मनाङ जिल्लाको विकास निमार्ण र सम्बृद्धी लागि पनि भएकाले आगामी दिनहरुमा नेपाली काँग्रेस र नेकपा एमाले संधै एकजुट भएर अधि बड्ने पनि बताए ।


फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२, मनाङ–१ का लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङले २४१५ मत प्राप्त गरी विजयी भएका छन् ।