२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
२४१५
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
४५४
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
९
नवनिर्वाचित माननीय टेकबहादुर गुरुङद्वारा प्रमाणपत्र ग्रहण ।
चामे, जिल्ला निर्वाचन अधिकृतको कार्यालय, मनाङले मनाङ–१ का निर्वाचित माननीय टेकबहादुर गुरुङलाई प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र वितरण गरेको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय, मनाङले शनिबार एक कार्यक्रम गरी निर्वाचित प्रमाणपत्र प्रदान गरेको हो । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय टेकबहादुर गुरुङले मनाङ जिल्लामा विना कुनै अवरोध, विवाद रहीत अत्यन्त शान्ती पूर्णरुपमा निर्वाचन सम्पन्न गर्नु भएकोमा सबै सुरक्षा अंगलाई विशेष बधाई र धन्यवाद दिए । त्यसैगरी, निर्वाचन प्रक्रियालाई सरल, सहज र सफल बनाउनु उच्च मनोबलका साथ निर्वाचनमा खटिनु भएका सबै कर्मचारीहरुलाई पनि धन्यवाद दिए।
आगामी दिनमा समग्र मनाङ जिल्लाको विकास र सम्बृद्धीका साथै शान्ती सुरक्षा कायम गर्न सुरक्षा निकाय, निजामती कर्मचारीको सहयोगको अपेक्षा समेत गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्