२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।

चामे, जिल्लकै दुर्गम नार्पाभूमि गाउँपालिकाका पाँचवटा मतदान केन्द्रको मतपेटीका आज बिहानै हेलिकप्टरबाट सदरमुकाम चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए ।
मतदानकै दिन अन्य मतदान केन्द्रको मतपेटीकाहरु जिल्ल निर्वाचन कार्यालयमा संकलन भइसकेको भएतापनि खराब मौसमका कारण हेलिकप्टर उड्न नसकेपछि नार्पाभूमि गाउँपालिकाका पाँचवटा मतदान केन्द्रको मतपेटीका संकलन हुन नसकेपछि मतगणना कार्य स्थगित भएको हो । आज बिहानै नार्पाभूमि गाउँपालिकाका पाँचवटा मतदान केन्द्रको मतपेटीका सदरमुकमा स्थित् जिल्ला जिल्ल निर्वाचन कार्यालयमा संकलन भइसकेको र अबको केही क्षणमै सर्वदलीय बैठक बसी मतगणना कार्य शुरु गरिने प्रजिअ पौड्यालले बताए ।
सर्वदलीय बैठक पछि लागभग ११ बजेबाट मतगणना शुरु गर्ने अपराहन्न सम्म सम्पन्न गर्ने तयारी निर्वाचन कार्यालय मनाङले गरेको छ ।