२०८२ फाल्गुन २२

मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।

चामे, मनाङ जिल्लको मतदान कार्य शान्तीपूर्ण रुपमा निधारित समयमै सम्पन्न भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार नै सबै मतदान केन्द्रहरुमा मतदान कार्य शुरु भएको थियो । साँझ ५ बजे मतदानकार्य सम्पन्न भई हालसम्म चामे गाउँपालिकाका सबै मतदान केन्द्र, नासोँ गाउँपालिकाका अधिकांश र ङिस्याङका केही मतदान केन्द्र गरी ७० प्रतिशत मतपेटीका निर्वाचन कार्यालयमा दाखिला भइसकेको जिल्ला निर्वाचन कार्यालय, चामेले जनाएको छ ।

खराब मौसमका कारण नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका मतपेटीका ढुवानीका लागि सेनाको हेलिकप्टर सदरमुकाम चामेसम्म पनि आउन नसकेकाले भोली शुक्रबार बिहान ६ बजे नै नार्पाभूमि गाउँपालिका तर्फ हेलिकप्टर जाने नेपाली सेनाले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालय, मनाङको प्ररम्भिक तथ्याङ्क अनुसार कूल ७ हजार मतदाता रहेको मनाङ जिल्लमा प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि भएको निर्वाचनमा जिल्लभरका १३१७ जना महिला र १४३३ जना पुरुष गरी कूल २८४० अर्थात ४० दशमलव ५७१ प्रतिशत मात्र मत खसेको छ ।