२०८२ फाल्गुन २१

नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।

मनाङ, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, मनाङ–१ का लागि नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङले मनाङ ङिस्याङ–७ मा रहेको टंकी आधारभूत विद्यालय मतदान केन्द्रमा ८ः२१ बजे मतदान गरेका छन् ।
सपरिवार बुधबार नै पैतृकथलो मनाङ पुगेका उम्मेद्वार टेक बहादुर गुरुङले मतदान शुरु भएको पहिलो चरण अर्थात बिहान ७ः२० बजे मतदान गरेका हुन । यस कतदान केन्द्रमा ३३१ जना मतदाता रहेका छन् । आज बिहान ७ बजेबाट कुरु भएको मथतदान कार्यक्रममा यस मतदान केन्द्रमा पहिलो मतदान मतदाता परिचयपत्र नं २१५१२६७३ की ज्योती गुरुङ ले ७ः५९ बजे पहिलो मतदान गरेका थिए ।
उम्मेद्वार गुरुङ यसअधी २०७० सालको निर्वाचनमा यसै क्षेत्रबाट १५२७ र २०७९ सालको निर्वाचनमा २५७५ मत प्राप्त गरी विजयी भएका थिए ।
यसपटक (२०८२ साल)को निर्वाचनमा पनि नेकपा एमाले र राप्रपाको साथ पाएका नेपाली काँग्रेसका उम्मेद्वार गुरुङ ह्याट्री सहित विजयी बन्ने तयारीका साथ चुनावी मैदानमा उत्रीएका छन् ।