२०८२ फाल्गुन १५

निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।

काठमाण्डौँ, जिल्ला निर्वाचन कार्यालय मनाङले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र नभए नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सकिने बताएको छ ।
अधिकांश मतदाताको निर्वाचन मतदाता परिचयपत्र भएको र केहीको जिल्ला निर्वाचन कार्यालय, चामेमा आइसकेकाले ती मतदाता परिचयपत्रहरु मतदाताले लिन सक्ने छन् । यदी कुनै कारणवस मतदाता परिचयपत्र लिन आउन नसकेका सबै मतदाताहरुको परिचयपत्र मतदान केन्द्र अधिकारीका साथ पठाइने छ । त्यसैले, मदतानका दिन फागुन २१ गते मतदान गर्न अधि आप्mनो निर्वाचन मतदाता परिचय लिन सक्ने जनाएको छ । तर, मतदाता सूचीमा मतदाताको नाम हुन अनिवार्य रहेको पनि जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र लिएर जानु पर्नेछ ।
मतदाताले राष्ट्रिय परिचयपत्र वा राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । यी मध्ये कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सकिनेछ ।
मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको निर्वाचन आयोगले उल्लेख गरेको छ ।