कोतोदेखि नर्पाभूमि जाने बाटो सञ्चालनमा, मनाङ जिल्लामा चुनावी सरगर्मी बडेदो ।
चामे, हिमालपारीको जिल्ला मनाङमा चुनावी माहोल क्रमशः तातिदो छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गएकाले मनाङका उम्मेद्वारहरुको चुनावी प्रसार–प्रचार कार्यक्रमहरु हुन थाले पछि मनाङ जिल्लामा चुनावी सरगर्मी बडेको हो ।
मनाङ जिल्लामा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष गरी सात हजार मतदाता रहेको छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङले निर्वाचन आयोगको समयतालिका अनुसार नै प्रसार–प्रसार गर्दै आएका थिए । शनिबारबाट नेपाली काँग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङले सहयात्री दल नेकपा एमाले र राप्रपाका प्रतिनिधिसंग प्रसार–प्रचार अभियान नासों–१ ताल गाउँबाट शुरु गरेपछि तल्लो मनाङ क्षेत्रमा चुनावी सरगर्मी बडेको छ ।

जाडो छल्न जिल्ला बासहर गएका मतदाताहरु पनि विस्तारै जिल्ला फकर्न थालेकाले पनि चुनावी सरगर्मी बडेको हो ।
तर, बेमौसमि हिमपातका कारण उत्तरी मनाङको केही मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको उनले बताए । “भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ । समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौ वटै मतदान केन्द्रको अनुगमन गरिएको छ । चामे र नासोँ गाउँपालिकाकामा रहेका मतदान केन्द्रको यसअघि नै अनुगमन गरिएको प्रजिअ पौड्यालल बताए । नार्पाभूमिका मतदान केन्द्रसम्म पुग्ने बाटो सञ्चालन सम्बन्धी कार्य भइरहेकाले बाटो सुचारु भएपछि उक्त मतदान केन्द्रको पनि स्थलगत निरीक्षण तथा अनुगमनको तयारी भईरहेको बताए ।”
अत्याधिक हिमपातका कारण अवरुद्ध कोतोदेखि नार्पाभूमिसम्मको बाटो मनाङ जिल्लामा तैनाथ सुरक्षाकर्मी नेपाली सेनाको नयाँ भैरबी दल गुल्म, सशस्त्रप्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले आइतबार साँझबाट सञ्चालनमा ल्याएको छ । नयाँ भैरबी दल गुल्म, सशस्त्रप्रहरी र नेपाल प्रहरीको १५ जनाको संयुक्त टोलीले ४ दिन लगाएर कोतोदेखि नार्पाभूमिसम्मको बाटोको हिउ‘ हटाएर सञ्चालनमा ल्याएको नयाँ भैरबी दल गुल्म मनाङका निमित्त प्रमुख क्याप्टेन सोनीक खत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्