२०८२ फाल्गुन ११
आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
काठमाण्डौँ, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।
तीन दिन सार्वजनिक बिदा दिँदा टाढा रहेका मतदातालाई आ–आप्mना मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।।


प्रतिक्रिया दिनुहोस्