आज तराईमा हुस्सु लाग्ने, उच्च हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने ।
काठमाण्डौँ, पश्चिमी वायुका कारण हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (आइतबार) दिउँसो तराई भागका केही स्थानमा हुस्सु÷कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेर केही स्थानमा हिमपात हुने छ भने अन्य भागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्