गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं विश्व सम्मेलन काठमाण्डौँमा हुने ।
काठमाण्डौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आउँदो ३० फागुनदेखि २ चैतसम्म काठमाण्डौँमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार आयोजित पत्रकार सम्मेलनमा विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सफल बनाउन सम्पूर्ण गैरआवासीय नेपालीलाई सहभागिताका लागि अपिल समेत गरेको छ ।
सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ । समितिको सचिवालयको जिम्मेवारी एनआरएनए सचिवालयले नै सम्हाल्ने पनि जनाएको छ ।
‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएका नेपालीलाई एकै सूत्रमा बाधदै आएको छ । संघको १०औं र ११औं महाधिवेशनपछि देखिएका संगठनात्मक जटिलताहरूलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्दै ३० नोभेम्बर २०२५ मा बृहत एकता कार्यक्रम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्