२०८२ माघ १४

नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनाङको विज्ञप्ती ।

काठमाण्डौँ, नेपाली काँग्रेस, मनाङका संस्थापक सदस्य तथा समाजसेवी मनाङ जिल्ला, चामे गाँउपालिका वडा नं.४ का नुर्बु लामोको ८२ बर्षको उमेरमा निधन भएको छ । स्वर्गीय लामाकोे असमायिक निधनप्रति नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनाङले एक शोक–विज्ञप्ती जारी गरी गहिरो समवेदना प्रकट गर्दै श्रद्धाञ्जली अपर्ण गरेको छ ।
“स्वर्गीय लामाको निधनले नेपाली काँग्रेस, जिल्ला कार्य समिति, मनाङलाई अतुलनीय क्षति पुगेको छ । नेपाली काँग्रेस, जिल्ला कार्य समिति मनाङले एक असल अभिभावक गुमाएको विज्ञप्तीमा भनिएको छ ।”
स्वर्गीय लामाको भोली (बुधबार २०८२/१०/१४ गते) बिहान धार्मिक परम्परानुसार स्वयम्भुको विजेश्वरीमा दाहसंस्कार गरिने परिवारीले जनाएको छ ।