२०८२ माघ १२

मनाङ जिल्लाको मतपत्रमा तीनवटा मात्र चुनाव चिह्न ।

चामे, फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन राजनीतिक दलका उम्मेद्वारबिच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली काँग्रेसका टेकबहादुर गुरुङ (रुख), नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी) (रातो तारा) र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर गुरुङको (भाले) बिच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रामबहादुर गुरुङले नेपाली कांग्रेसलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएपछि तीन चिह्नमा मतदान हुने टुंगो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।
मनाङमा हालसम्म नेपाली काँग्रेस सबैभन्दा ठूलो र सांगाठानीक रुपमा शसक्त पार्टीको रुपमा रहेको छ भने नेकपा एमाले दोस्रो ठूलो दलका रुपमा रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी र मंगोल नेशनल अर्गनाइजेसन केवल अस्तित्वमा मात्र रहे
को छ । दुई ठूला दलका साथ राप्रपाले पनि नेपाली कॉग्रेसलाई नै समर्थ गरीसकेपछि नेपाली काँग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङको जित सुनिश्चित भएको छ । त्यसो त, नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपाका साझ उम्मेद्वारसँगको चुनावी प्रतिस्पर्धामा केवल अस्तित्वमा रहेको दल नेपाल कम्यूनिष्ट पार्टी र मंगोल नेशनल अर्गनाइजेसनको हारसँगै जमाना जफत समेत हुने सम्भावना बडेको छ ।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।