२०८२ माघ १२

फैलियो नेपाली काँग्रेस, खुम्चियो नेकपा ।

काठमाण्डौँ, आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का उम्मेद्वार विजयी भएका छन् ।
निर्वाचनमा नेपाली काँग्रेसले ९, नेकपा (एमाले)ले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट जितेको छ भने नेपाल कम्यूनिष्ट पार्टीले कुनै स्थानमा सफलता प्राप्त गर्न सकेन ।


योसँगै राष्ट्रिय सभाका दलीय समीकरण बदलिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा हाल नेपाली काँग्रेसका १६ जना सांसद छन् ।आइतबार निर्वाचित भएकाहरू थपिएसँगै राष्ट्रिय सभामा नेपाल काँग्रेका सांसद संख्या २५ पुगेसंगै नेपाली काँग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ ।
जबकी, यसअघि नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभामा पहिलो दल थियो । नेकपा माओवादी (१७) र नेकपा एकीकृत समाजवादी (८) मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि यो पार्टीको राष्ट्रिय सभामा २५ सदस्यीय दल बनेको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका २५ मध्ये ८ जना सांसद् आगामी फागुन २० मा बिदा हुँदैछन् । अब राष्ट्रिय सभामा यो पार्टीको सांसद संख्या १७ मा सीमित हुनेछ ।हाल राष्ट्रिय सभामा एमालेका १० जना सांसद् छन् । त्यसमध्ये ८ जना आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनबाट ८ जना नै निर्वाचित भएकाले उसको हैसियत यथावत तेस्रो स्थानमा रहनेछ ।
आगामी फागुनमा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १÷१ जना बिदा हुँदैछन् । यसपटकको चुनावमा लोसपाको तर्फबाट एक जना निर्वाचित भएकाले यो दलको राष्ट्रिय सभामा एक जना कायम रहनेछ ।