मनाङमा नेपाली कॉग्रेस, एमाले र राप्रपाका साझा उमेदवार टेकबहादुर गुरुङ ।
चामे, मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्यका लागि दर्ता गरेको मनोनय फिर्ता लिएको छ ।
नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उमेदवार दर्ता फिर्ता लिएका छन् । दुवैजनाले उमेदवारी फिर्ताको निवेदन दर्ता गरेका थिए । प्रतिनिधिसभा सदस्य मनाङ–१ का लागि मनाङमा नेपाली कॉग्रेस, नेकपा एमाले, नेपाल कम्यूनिष्ट पार्टी, राप्रपा र मंगोल नेशनल अर्गनाइजेशन गरी पाँचजनाको उमेदवारी परेको थियो ।
नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उमेदवार फिर्ता लिएका छन् । दुई जना उमेदवारले उमेदवारी फिर्ता लिएसंगै अब नेपाली काँग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्यूनिष्ट पार्टीका यशोदा गुरुङ र मंगोल नेशनल अर्गनाइजेशन का रामबहादुर घले चुनावी मैदानमा उत्रीएका छन् ।
मनाङजिल्लमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले हुन । ती दुई ठूला दल का साथमा राप्रपाको पनि समर्थ पाएका नेपाली काँग्रेसका उमेदवार टेकबहादुर गुरुङको जित सुनिश्चित भएको छ । यसअघिको दुई पटकको निर्वाचनमा टेकबहादुर गुरुङ विजयी भएका थिए ।
निर्वाचनको समयमा झडप हुने, अप्रिय घटना हुनेभन्दै मनाङमा लामाहरूले अग्रसरता देखाएका थिए । बिहीबार मुख्य दल नेपाली काँग्रेस र एमालेका उमेदवार बोलाएर लामा गुरुहरूले छलफल गरेका थिए । दुवै दलका उमेदवारको अडानपछि अन्ततः चिठ्ठामार्फत को उमेदवार रहने भन्ने टुंगो लगाइएको थियो । जसमा काँग्रेसका टेकबहादुर गुरुङले जितेका थिए । उनले प्रतिनिधिसभामा भाग लिँदैगर्दा आउने प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा भने काँग्रेसले एमालेलाई सघाउने सहमति बनेको छ ।


प्रतिक्रिया दिनुहोस्