२०८२ फाल्गुन ७

जिल्ला निर्वाचन कार्यालय मनाङमा मनोनय दर्ता शुरु ।

चामे, हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनय दर्ता प्रक्रिया शुरु भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य, निर्वतमान प्रतिनिधिसभा सदस्य तथा पूर्वश्रम तथा रोजगार राज्यमन्त्री मा.टेकबहादुर गुरुङ पनि मनोनय दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय मनाङ पुगेका छन् ।

मा. गुरुङले सदरमुकाम चामे स्थित् नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेता तथा कार्याकर्ताहरुसंग छलफल गरी मनोनय दर्ता गर्न बृहत ¥यालीसहित निर्वाचन अधिकृतको कार्याल पुगेका छन् ।
यसअधि मंगोल नेशनल अर्गनाइजेसनका उम्मेद्वार रामबहादुर घलेले मनोनयन दर्ता गरेका छन् ।