२०८२ माघ ५

सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।

काठमाण्डौँ, तात्कालीन महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले भृकुटी मण्डपमा सम्पन्न गरेको महाधिवेशनलाई निर्वाचन आयोगले वैधाकनिकता दिएको छ ।
आयोगले दिएको यो वैधानिकताले नेपाली काँग्रेसभित्र विधि अनुसार रुपान्तरण खोज्ने गगन– विश्व पार्टीको संस्थापनमा बदलिएका छन् । पार्टी सत्तामा देउवा समूहको विधिको आफ्नो अनुकूलको व्याख्या आयोगले खारेज गरेको छ ।
तर, अझै पनि देउवा समूहले आफ्नै विधि विपरीतको अडान छोडेको छैन विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई नेपाली काँग्रेसको मान्यता दिने निर्वाचन आयोगको निर्णयप्रति शेरबहादुर देउवा पक्षधरले चर्को आपत्ति जनाएको छ ।


गगन थापा सभापति रहेको काँग्रेसलाई मान्यता दिनुअघि कार्यबाहक सभापति रहेका पूर्णबहादुर खड्काले सबै खाले लडाइँ लड्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् । ‘हामी वैधानिक–कानुनी लडाईँ सबै लड्छौं । यो निर्णय धेरै समय अघिदेखि नै सेटिङ भएको भनिएको छ,’ पत्रकारहरुसँग खड्काले भनेका छन्, ‘एक पक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षडयन्त्रपूर्ण भएको निर्णय खारेज गर्छौं ।’
आधिकारिकताबारे शुक्रबार निर्णय हुने जानकारी पाएपछि दुवै पक्षधर पालैपालो निर्वाचन आयोग पुगेका थिए ।
निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता
दिएको हो ।
निर्णय गर्दा विभाजित भएका थिए आयोगका पदाधिकारी
नेपाली काँग्रेस विवाद निरूपण गर्ने क्रममा निर्वाचन आयोगका आयुक्तहरू विभाजित भएका थिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर राणा गगनको पक्षमा थिए भने अर्की आयुक्त जानकी तुलाधर १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा पक्षमा थिए ।
आयुक्तहरू विभाजित भएपछि बहुमतका आधारमा निर्णय गरिएको बताइएको छ ।