२०८२ पुष २८

नेपाली काँग्रेसको बृहत् तरुण, विद्यार्थी एवं महिला भेला स्थगित ।

काठमाण्डौँ, नेपाली काँग्रेसको भ्रातृ संस्थाहरूले भोलि (पुस २७ गते) गर्ने तय भएको बृहत् तरुण, विद्यार्थी एवं महिला भेला स्थगित भएको छ ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले काँग्रेस केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय २७ गते बन्द गर्ने र केन्द्र ,प्रदेश र जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आदि झुकाउने निर्णय गरेकाले भेला स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, पूर्वमन्त्री, वरिष्ठ पत्रकार दाहालको निधनले आफूहरू स्तब्ध भएको उल्लेख छ ।
नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान महासंघले भोलि संयुक्त युवा भेला गर्ने निर्णय गरेका थिए ।