मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिए ।
काठमाण्डौँ, मन्त्री कुलमान घिसिङले मन्धी पदबाट राजिनामा दिएका छन् । निर्वतमान मन्त्री घिसिङले आफ्नो पार्टीको एकीकरण पछि दलगत गतिविधिमा सक्रिय हुनु विवादको कारण बनेको थियो ।
प्रधानमन्त्री सुशिला कार्कीले घिसिङलाई बर्खास्त गर्ने चेतावनी दिएपछि मन्त्री धिसिङले बुधबार राति पत्रकार सम्मेलनमा राजीनामा घोषणा गरका हुन् ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि कार्कीको नेतृत्वमा बनेको गैरदलीय चुनावी सरकारमा घिसिङले तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । फागुन २१ गतेको चुनाव नजिकिँदै जाँदा घिसिङ आफैँले स्थापना गरेको उज्यालो नेपाल पार्टीलाई एकीकरण गरेर रास्वपामा लाग्दै दलीय गतिविधिमा संलग्न रहँदै आएका थिए ।
गैरदलीय चुनावी सरकारको मन्त्री भएर दलगत गतिविधिमा लागेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री कार्कीले उनलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।
उनीसँगै प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पनि राजीनामा दिन निर्देशन दिएकी छिन् । खरेल र गुप्ता पनि रास्वपा निकट देखिएका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्