काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रको तमु ल्होसार मूल समारोहमा सहभागीता ।
काठमाण्डौँ, तमू ह्यूल्ह छोँ धी गुरुङ राष्ट्रिय परिषद्ले विगत बर्षहरुमा झै यस बर्ष पनि तमु ल्होसार–२०८२ भब्यताका साथ काठमाण्डौँको टँुडीखेलमा मनायो ।
बिहान बसन्तपुरबाट विशाल झाँकी सहित निस्कीएको ¥याली न्यूरोड, रत्नपार्क, भद्रकाली र सुन्धारा हु‘दै कार्यक्रम स्थल टुँडीखेलमा पुगेर समापन भएको थियो । उक्त झाँकी सहितको ¥यालीमा पहिलो पटक काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्र पनि ब्यानर सहित सहभागी भएका थिए ।

यस मनाङ जिल्लाबाट काठमाण्डाँै बसोबास गर्ने तमुहरुले काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रको अगुवाइमा छुट्टै तरीकाले काठमाण्डौँका विभिन्न स्थानमा ल्होसार मनाउँदै आएका थिए । तर यस बर्ष भने तमु ल्होसार–२०८२ मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा संस्थाको ब्यानर सहित सहभागि भएर काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रले मनाङ जिल्लाका तमु समुदायको प्रतिनिधित्व समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्